Rule 32
खारेजी र बचाउ
(१) खेलकुद विकास नियम, २०४९, राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली, २०६८ र खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ खारेज गरिएका छन्‌।

(२) उपनियम (१) बमोजिम खारेज गरिएका नियम, नियमावली तथा कार्यावधि बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।

(३) राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली, २०६८ बमोजिमको कोषमा रहेको रकम ऐनको दफा ५० को उपदफा (१) बमोजिमको खेलाडी कल्याणकारी कोषमा सर्नेछ।